• बुधबार, भाद्र ३१ २०८३

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्र १७ गतेदेखि सुरु


बुधबार, फाल्गुन १८ २०७८
795
Shares

पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत्र १७ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक उपस्थितिमा हुन लागेको महोत्सव गत वर्ष भने कोरोना भाइरसका कारण भर्चुअल माध्यमबाट गरिएको थियो । 

यस महोत्सवमा ३८ देशका ८९ चलचित्रहरूबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, लामा छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरूको ७ वटा विधाको प्रतिस्पर्धामा १४ वटा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । चलचित्र महोत्सवबारे आयोजना गरिएको कार्यक्रममा बोल्दै अभिनेता निर शाहले पहिलो संस्करण भन्दा चलचित्र महोत्सव अहिले परिष्कृत भएर आइरहेको बताए ।

उनले यस महोत्सवले नेपाली चलचित्रको क्षेत्रलाई थप योगदान दिएको बताए ।  अभिनेता शाहले भने, ‘यो निफलाई मैले पहिलो संस्करणकोदेखि नै नियालेर आइरहेको छु । पहिलो संस्करणमा यसले धेरै संघर्ष गर्नुपरेको थियो । तर दोस्रो संस्करणमा आइपुग्दा यसले आफूलाई अझ बढी परिष्कृत फम्र्याटमा प्रस्तुत गर्न सफल भयो । यसले हामीलाई धेरै शिक्षित र दिक्षित बनाएको छ । यो अभियानलाई अझै अघि बढाएर लैजानु पर्छ ।’

यसपटक चलचित्र हलमा भौतिक रुपमा प्रदर्शन हुने र अनलाइन माध्यमबाट पनि प्रदर्शन हुनेछ । यो महोत्सवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सशक्त फिल्म उत्सव हुने आयोजकको विश्वास छ । महोत्सवमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीहरुको सहभागितामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रम पनि आयोजना गरिनेछ । नेपाल अन्तर्राष्‍ट्रिय चलचित्र महोत्सवको आयोजनामा हुन लागेको यो महोत्सव पाचौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हो ।  

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार