• बुधबार, भाद्र ३१ २०८३

सुबोधको ‘हाम्रो नजर’मा आशा र लक्ष्मण ( भिडियो ) 


बुधबार, फाल्गुन १८ २०७८
785
Shares

काठमाडौं। दर्जनौ गीतहरु आफ्नो सुमधुर स्वर भरिसकेका गायक मिस्टर सुबोधको स्वरमा रहेको ‘हाम्रो नजर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गायिका मेचु धिमालको समेत स्वर सुन्न सकिन्छ।

गीतमा तोरण थापा मगरको शब्द रहेको छ भने सुरेश कुमार क्षेत्रीको संगीत रहेको छ।  रेन तामाङले यस गीतलाई संगीत संयोजन गरेका हुन्। जापानमा छायाँकन गरिएको यस भिडियोमा लक्ष्मण पुन लक्स  र आशा राना  मगर बीचको अन्स्क्रिन प्रेमलाई देखाइएको छ। भिडियोमा अतिथि भूमिकामा राजु राना मगर र सुभेक्षा महर्जनको समेत अभिनय रहेको छ।

गोविन्द बिस्टले छायाँकन र सम्पादन गरेको यस भिडियोलाई लक्ष्मण पुन लक्सको निर्देशनमा तयार पारिएको हो।  आशा राना मगर निर्मात्री रहेको यस भिडियोलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो।  निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ। 

https://youtu.be/Cn_IDpIKJE4

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार