गोरखा । गोरखाका एक सय वटा विद्यालयमा साक्षरता परियोजना संचालन हुने भएको छ । रुम टु रीडको आर्थिक सहयोग एव पढ्नको लागि कोठा काठमाण्डौको प्राविधिक सहयोगमा एकिकरण नेपाल गोरखाले जिल्लाका ८ वटा पालिकाको एक सय वटा विद्यालयमा साक्षरता परियोजना सचालन गर्ने भएको हाे ।



सदरमुकाममा परियोजना सुभारम्भ कार्यक्रम मार्फत सस्थाले उक्त जानकारी गराएकाे हो । कार्यक्रमवारे जानकारी गर्दै वरिष्ट फिल्ड व्यवस्थापन सुशिल तिम्सिनाले विभिन्न स्थानीय सरकारहरुसगको साझेदारीमा गोरखामा साक्षरता कार्यक्रम तथा वालिका शिक्षा कार्यक्रम सचालन गर्न लागेको उनले वताए ।
कार्यक्रमले प्राथमिक तहका वालवालिकाहरुको पठन सीप तथा पढ्ने वानीको विकासका लागि कक्षाकोठा व्यवस्थापन, पुस्तकालय तथा शिक्षकहरुको पेशागत विकास र वालिकाहरुलाई माध्यमिक तह सम्मको शिक्षा उत्र्तिण गर्नको जीवनोपयोगी शिक्षामा सहयोग पुग्ने जानकारी रुम टु रीडको साक्षरता निर्देशक नेत्र दाहालले वताए ।



एकिकरण नेपाल गोरखाले विभिन्न स्थानीय सरकारहरुसगको समन्वयमा १०० वटा विद्यालय छनौट गरि नयाँ शैक्षिक सत्रवाट काम अगाडी वढाउने गरि छलफल अगाडी वढेको एकिकरण नेपाल गोरखाको कार्यकारी निर्दैशक हरि देवकोटाले जानकारी दिए ।

जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक कुमार गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजन राज पन्त, पालुङ्गटार नगरपालिकाका मेयर दिपक वावु कडेल, प्रमुख जिल्ला अधिकारी शकरहरी आचार्य, विभिन्न पालिकाका अध्यक्ष, उपाध्यक्षलगायतकाे उपस्थिती रहेको थियो ।
