• बुधबार, भाद्र ३१ २०८३

बेसीसहर–चामे सडक १५ दिन बन्द हुने


आइतबार, फाल्गुन १५ २०७८
665
Shares

लमजुङ र मनाङ जोड्ने बेसीसहर–चामे सडक १५ दिन बन्द हुने भएको छ।

यो सडक खण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि यही २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द गर्न लागिएको डुम्रे बेसीसहर चामे सडक योजना कार्यालयका सबइन्जिनियर हरि श्रेष्ठले जानकारी दिए। 

मनाङको नासोँ गाउँपालिका ९ मा रहेको तिमाङ छहराका दुई ठाउँमा कल्भर्ट निर्माण गर्न लागिएको छ। गएको असारमा आएको बाढीले काठेपुल बगाएको ठाउँमा कल्भर्ट निर्माण गर्न लागिएको हो। 

त्यो ठाउँमा गएको असारमा काठेपुल बगाएपछि पुनः काठेपुल नै निर्माण गरेर यातायात सञ्चालन गरिएको थियो। तर, गएको कात्तिकमा आएको बाढी पहिराले त्यो काठेपुलसमेत बगाएको थियो त्यसपछि पनि त्यो ठाउँमा पुन काठे पुलन नै निर्माण गरिएको छ।

 आउँदो बर्खायाममा फेरि समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्ल्याभ कल्भर्ट निर्माण सुरु गर्न लागिएको हो।

मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुरुप २०५१ सालबाट सडक डिभिजन कार्यालय दमौली तनहुँले बेसीसहर चामे सडक निर्माण अघि बढाएको थियो। यो सडकको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार