• मंगलबार, साउन १२ २०८३

थपिए २ सय ७५ संक्रमित, सक्रिय ९ हजार बढी


शुक्रबार, फाल्गुन १३ २०७८
615
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ८ हजार ६२८ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार ५४५२ पिसिआर परीक्षणबाट र ३१७६ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा ५५५ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा १ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

हाल देशभर ९ हजार २८० जना कोरोनाका सक्रिय संक्रमित छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार