

गोरखा । गोरखामा सानिमा बैंकले शाखा विस्तार गरेकाे छ । सदरमुकामकाे शक्तिचाेकमा स्थापना भएकाे बैंककाे बिहिबार एक कार्यक्रमका वीचखबरिष्ठ हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेको हुन् । उनिहरु बैंकका एम्बेस्डर समेत हुन् ।

कृषि, पर्यटन लगायतका क्षेत्रकाे विकासमा याेगदानका साथै गुणस्तरीय र छिटाे छरिताे सेवा दिने उदेश्यले शाखाकाे विस्तार गरिएकाे सानिमा बैंकका प्रमुख संचालक अधिकृत पवन आचार्यले बताए ।



गोरखामा स्थापना भएको बैंक देशभरमा ९५ औँ शाखा र १२३ औँ कार्यालय भएको गोरखा शाखाका शाखा प्रवन्धक गणेश मल्लले जानकारी दिए ।
कार्यक्रममा मह जाेडीका साथै गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, गोरखा उधाेग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ लगायतले बाेलेका थिए ।
