• बुधबार, भाद्र ३१ २०८३

बलात्कार आरोपमा तनहुँमा उजुरी परेपछि पल शाह फरार


बिहिबार, फाल्गुन १२ २०७८
795
Shares

एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी पर्नासाथ अभिनेता पल शाह फरार भएका छन्। 

जाहेरी दर्ता भएलगत्तै पक्राउ गर्न खोजेकाे तर उनी मोबाइल अफ गरेर फरार भएको प्रहरीले जनाएको छ।

हिजो बुधबार दिउँसोसम्म भने उनी औपचारिक कार्यक्रममा सहभागी भएका थिए।

स्राेतका अनुसार रिलिजको तयारीमा रहेको ‘म यस्ताे गीत गाउँछु–२’ फिल्मको प्रमोसनमा उनी सहभागी भएका थिए। 

तर बुधबार अपराह्न जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएलगत्तै उनी मोबइल बन्द गरेर गायब भएका हुन्।

उनलाई पक्राउ गर्न तनहुँ प्रहरीले हुलियासहित देशभर सर्कुलर गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार