• बुधबार, भाद्र ३१ २०८३

गोरखाकाे गण्डकीमा प्रहरी चौकी स्थापना, गाउँपालिका अध्यक्ष रानाले गरे उद्घाटन


बिहिबार, फाल्गुन १२ २०७८
1K
Shares

गोरखा । गण्डकी गाउँपालिकामा प्रहरी चौकी स्थापना भएको छ । गण्डकीकाे वडा नम्बर ६ स्थित भुम्लिचोकमा स्थापना भएकाे चाैकीकाे एक कार्यक्रमा बीच गाउँपालिका अध्यक्ष होमबहादुर रानाले उद्घाटन गरेका हुन् ।

गाउँपालिका अध्यक्ष रानाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रहरी प्रमुख शेखर खनाल, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निरिक्षक सुदिप अधिकारी, ससस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक रमेश थापा मगर, गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार