• बुधबार, भाद्र ३१ २०८३

बुर्किनाफाँसोको सुनखानीमा बिस्फोट हुँदा ६० जनाको मृत्यु


बुधबार, फाल्गुन ११ २०७८
460
Shares

बुर्किना फाँसोको दक्षिण पश्चिमको एउटा गाउँमा भएको एउटा अस्थायी सुनखानीमा भएको विस्फोटमा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।

सुन खानी स्थलमा रहेको बजारमा भण्डारण गरिएको डाइनामाइटले आगो लाग्दा बिस्फोट भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

विस्फोटमा मृत्यु हुनेहरुमा महिला र बालबालिका पनि छन् । घटनास्थलहरूमा शवहरु यत्रतत्र छरिएका थिए । बिस्फोटस्थल वरपर रुखहरू ढल्नुका साथै घर भत्किएको रोयटर्सले जनाएको छ ।  विस्फोटमा घाइते भएका दर्जनौलाई नजिकको अस्पतालमा लगिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार