• बुधबार, साउन १३ २०८३

थप ४७६ जनामा सङ्क्रमण पुष्टि, ३ जनाको मृत्यु


मंगलबार, फाल्गुन १० २०७८
695
Shares

२४ घण्टामा थप ४७६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

९ हजार ४२४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २९९ तथा एन्टिजेन विधिबाट १७७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

यही अवधिमा थप ८३१ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ९ लाख ५३ हजार ४३० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

नेपालमा हाल १० हजार ७४७ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ९२८ जनाले ज्यान गुमाइसकेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार