• बुधबार, भाद्र ३१ २०८३

र्‍यापर लाउरे रिहा


मंगलबार, फाल्गुन १० २०७८
1.1K
Shares

 काठमाडौं । लागूपदार्थसम्बन्धी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका र्‍यापर आशिष राना ‘लाउरे’ रिहा भएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार रिहा गरेको हो ।

लागूपदार्थ प्रयोग तथा कारोबार गरेको अभियोगमा प्रहरीले गत पुस १४ गते लाउरेसहित चार जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको थियो । उनीहरूलाई प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्दै हिरासतमा राखेको थियो ।

पोखरा नयाँबजारका राना ‘रअ बाज’ र्‍याप ब्याटलपछि चर्चामा आएका थिए । पछि उनी लाहुरे, मेरो सोल्टा, हाउडे, केस नं ४२०, पोखरालगायत गीतबाट युवापुस्तामाझ लोकप्रिय बनेका थिए । उनले गीतसंगीत हुँदै तान्डव नामक फिल्ममा समेत अभिनय गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार