• बुधबार, भाद्र ३१ २०८३

गण्डकी संसदको हिउँदे अधिवेशन २६ फागुनमा सिफारिस


मंगलबार, फाल्गुन १० २०७८
950
Shares

पोखरा। गण्डकी प्रदेश सभाको अधिवेशन फागुन २६ गते डाक्न सरकारले सिफारिस गरेको छ । मन्त्रिपरिषदको बैठकले उक्त मितिमा अधिवेशन डाक्न प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई सिफारिस गरेको हो ।

यसअघि गण्डकीको बर्खे अधिवेशन असोज ५ गते अन्त्य भएको थियो । दुई अधिवेशनबीचको फरक ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ । चैत ५ गते बर्खे अधिवेशनको ६ महिना पुग्थ्यो । त्यही समय सीमा ख्याल गरी सरकारले फागुन २६ गतेदेखि संसद चलाउने भएको हो ।

आउँदो अधिवेशनमा लैजाने गरी सरकारले ४ वटा विधेयकहरु तयार गरेको जानकारी कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले सोमबारै दिएका थिए । सरकारले पुराना कतिपय ऐनहरु संशोधन गर्ने गरी संशोधन विधेयक पनि लैजाँदैछ । खानेपानी, सिँचाइ र सूचनाको हक सम्बन्धी विधेयक सरकारले यो अधिवेशनमा लैजाँदै छ । प्रदेश सभाको विधायन समितिमा ४ वटा विचाराधीन छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार