
गोरखा । गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ८ ले बर्षेनी दिदै आएको शिक्षा प्रोत्त्साहन बापतको नगद एसपालि सुशन नेपालीले पाएको छ ।

वडाले आ.ब. २०७८ र २०७९ मा कार्यन्वयन हुने गरि वडा भित्रको सामुदायिक विद्यालयबाट एसईई उर्तिण गरी गोरखा नगरपालिकाको शक्ति उ.मा.विमा उच्च शिक्षा अध्ययन गर्दै गरेका नेपालीलाई प्रदान गरिएको हो । उनले शिक्षा प्रोत्साहन बापत नगद २५ हजार प्राप्त गरेका छन् । उत्त रकम आज एक कार्यक्रम बिच वडाध्यक्ष काशीनाथ अंगाईले शक्ति उमाविमा नेपालीलाई प्रदान गरेका थिए ।
वडा कार्यालयले जारी गरेको आवेदनमा शक्ति उ.मा.विमा अध्ययनरत सुशन नेपाली र शहिद लखन गाउँपालिका ७ को शहिद स्मृती उ.मा.विमा अध्ययनरत सिरिसा नेपाली छनौंट भएको वडाध्यक्ष अंगाईले जानकारी दिए । दुवै उमाविमा अध्ययनरत बिद्यार्थीहरुले पाउने रकम वडाले सम्वन्धीत उमाविको खातामा जम्मा गरिदिएको वडा कार्यालयले जनाएको छ । सोही रकम आज शक्ति उ.मा.विले बिद्यार्थीलाई हस्तान्तरण गरेको वडाध्यक्ष अंगाईले जानकारी दिए ।

