
नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ५ सय रुपैयाँ पुगेको छ।
मंगलबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३१५ रुपैयाँमा कारोबार भइरहेको छ।

