• बुधबार, भाद्र ३१ २०८३

टिप्पर दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ जना घाइते


मंगलबार, फाल्गुन १० २०७८
740
Shares

बैतडी। बैतडीको पाटन नगरपालिका–३ को झालीमालीमा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पाटन–३ का ४५ वर्षीय जनकराज पन्त, सोही ठाउँका १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी र १२ वर्षीय राजु पन्त रहेका छन् ।

प्रहरीका अनुसार राजुको उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको र तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

सोमबार दिउँसो गरूडाबाट धुरातर्फ काठ ल्याउन जाँदै गरेको अवस्थामा बा ३ ख४८७९ नम्बरको टिपर झालीमालीमा दुर्घटनामा परेको हो । टिपर सडकबाट तीन सय मिटर तल झरेको बताइएको छ ।

टिपरमा बैतडीको सिगास माध्यमिक विद्यालयका विद्यार्थीहरू रहेको बताइएको छ । टिप्परमा २५ जना विद्यार्थी चढेका थिए । घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । टिपर फर्काउने क्रममा दुर्घटनामा परेको पाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार