• मंगलबार, कार्तिक २५ २०८३

एमाले अध्यक्ष ओली १३ गते पोखरा आउँदै


मंगलबार, फाल्गुन १० २०७८
865
Shares

पोखरा। नेकपा एमालेका अध्यक्ष केपी ओली पोखरा आउने भएका छन् । उनी फागुन १३ गते पोखरा आउने भएका हुन् । एमाले गण्डकी प्रदेश संगठन कमिटीको प्रदेश स्तरीय विशेष कार्यक्रममा भाग लिने ओली पोखरा आउन लागेका हुन् ।

एमाले गण्डकी सचिव धनञ्जय दवाडीका अनुसार आसन्न निर्वाचन केन्द्रित कार्यक्रमका लागि ओली पोखरा आउन लागेका हुन् । ओली पोखरा आउने कार्यक्रममा विभिन्न पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गराउने तालिकासमेत छ ।

अध्यक्ष ओली फागुनमै अर्को २ चोटि पनि पोखरा आउने कार्यक्रम रहेको उक्त पार्टीका नेताहरु बताउँछन् । २३ गते मानव अधिकार एलाइन्सको महाधिवेशन र २७ गते प्रेस चौतारीको महाधिवेशनमा ओली पोखरा आउने भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार