नेपाल आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। नेपालले फाइनल प्रवेशका लागि मंगलबार (आज) समूह ‘ए’को उपविजेता संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ। नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।


टी-ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपालका लागि यस खेल महत्वपूर्ण रहेको छ । आजको खेलले नेपालको विश्वकप यात्रा तय गर्नेछ । युएईलाई हराएको खण्डमा नेपालले विश्वकप खेल्न पाउनेछ।

त्यसैगरी घरेलु टोली ओमानले समूह ‘ए’को विजेता आयरल्यान्डसँग खेल्नेछ। फाइनल खेल भने बिहीबार हुनेछ। फाइनल पुग्ने दुई टोली अस्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी टीट्वेन्टी विश्वकपमा छनोट हुनेछन्।