गण्डकी प्रदेशमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नका लागि लिइने प्रयोगात्मक र लिखित परीक्षामा परिवर्तन भएको छ । आइतबारदेखि लाइसेन्स निकाल्न प्रयोगात्मक (ट्रायल) परीक्षामा ७० अंक ल्याए पास हुने व्यवस्था भएको हो ।



मोटरसाइकल, जिप, डेलिभरी, स्कुटर, मोपेड, कार, भ्यान चालकले प्रयोगात्मक परीक्षाका लागि ७ चरणको परीक्षा पास गर्नुपर्ने छ । जसमा घुमाउरा आठ परीक्षण, साँघुरो फलेक, घुम्ती परीक्षण, उकालो परीक्षण र व्यवहारगत पक्षको समग्र परीक्षण छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यससम्बन्धी सवारी चालन अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ जारी गरेको छ । गण्डकी प्रदेश सरकारले आइतबारदेखि यो व्यवस्था कार्यान्वयनमा गरेको हो ।
निर्देशिका अनुसार परीक्षाको परिवर्तित व्यवस्था मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानका लागि हो ।


