• बुधबार, भाद्र ३१ २०८३

गायक डम्बर नेपालीले ल्याए ‘बिग्रेको मान्छे २’ (भिडिओ)


सोमबार, फाल्गुन ९ २०७८
745
Shares

काठमाडौं । चर्चित गायक डम्बर नेपालीको ‘बिग्रेको मान्छे २’ को कुकुरकै जुनी भयो सार्वजनिक भएको छ। 

युवापुस्ताको जीवन शैलीलाई समेटेर बनाइएको उक्त गीतको शब्द, संगीत गायक नेपालीकै हो। गीतको भिडिओ युट्युबमार्फत प्रिमियर गरिएको छ। दुई दशकदेखि संगीत साधनामा क्रियाशिल नेपाली हरेक पटक गीत ल्याउँदा फरकपन दिने कोसिस गर्छन्। 

‘यो गीतबाट पनि राम्रो प्रतिक्रिया मिलेको छ, युवा पुस्ताहरूले रुचाई दिनुभएको छ’, उनले भने, ‘यो गीतमा निक्कै मेहनत गरेका छौँ।’ युवा पुस्ताहरू पैसा कमाउने तर नबचाउने, साथीभाइका लागि ज्यान दिने तर आफ्नै जिन्दगी मुनि भएको, कुकुरको जस्तै जुनी भएको गायक नेपालीले गीतमा व्यक्त गरेका छन्। हेर्नुहोस भिडिओ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार