• बुधबार, भाद्र ३१ २०८३

काठमाण्डौंमा एकै पटक चार सोरुम उद्घाटन


सोमबार, फाल्गुन ९ २०७८
635
Shares

ईन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले काठमाण्डौंमा एकैदिनमा चारवटा सोरुम उद्घाटन गरेको छ ।

बुढानिलकण्ठ र बानियाटारमा रहेको एलेक्स् ईम्पेक्स्, बलम्बुमा रहेको बलम्बु टि.भि. हाउस र नक्सालमा रहेको बि. ईन्टरप्राईजेजको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमका विच डिश मिडिया नेटवर्क लिं.का विक्री महाप्रबन्धक रमेश सापकोटाले गरेका हुन्।

सो कार्यक्रममा डिश मिडिया नेटवर्कका नेशनल सेल्स म्यानेजर मनोज शर्मा, रिजनल सेल्स म्यानेजर जस बहादुर गुरुङ, एरिया सेल्स म्यानेजर उज्जल न्यौपाने, सिनियर सेल्स अफिसर राम शिलाकार र मदन सापकोटा, सेल्स अफिसर रविन थापा र सागर जोशि तथा ब्राण्ड अफिसर दिनेश रतन र अनिल ठाकुरको उपस्थिति रहेको थियो ।

त्यस्तै सि.एम. ट्रेङ्गिङको सेल्स म्यानेजर सुनिल बाबा भट्ट, सेल्स अफिसर बिक्रम लामाको उपस्थिती रहेको थियो भने स्टोम नेटवर्क तर्फ बाट मंगल गुरुङ, र रमेश के.सी. उपस्थिती रहेको थियो । एलेक्स ईम्पेक्सको संचालन रामकुमार श्रेष्ठ र केशव कोईराला, बलम्वु टि.भि. हाउसको संचालन प्रभात भट्टराई र बि. ईन्टरप्राईजेजको संचालन आकाश मानन्धरले गर्नेछन ।

बिगत लामो समयदेखी डिशहोमसंग सहकार्य गर्दै आएका डिशहोम डिलरदाईहरुले अव छुट्टै सोरुम मार्फत डिशहोम र डिशहोम फाईवरनेटको नयाँ कनेक्सन, रिचार्ज तथा फण्ड ट्रान्स्र्फर, सेट टप बक्स तथा राउटर एक्सचेन्ज, रिलोकेसन लगाएत विक्रीपछिको सम्पूर्ण सेवाहरु नयाँ सोरुम मार्फत प्रदान गर्ने जानकारी सोरुम संचालकहरुले दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार