• बिहिबार, असोज १ २०८३

तनहुँमा ई-पासपोर्ट वितरण सुरु


सोमबार, फाल्गुन ९ २०७८
695
Shares

तनहुँ। जिल्ला प्रशासन कार्यालयबाट ई-पासपोर्ट वितरण थालिएको छ । जिल्लाबाट ई-पासपोर्ट वितरण थालेपछि सर्वसाधारणले काठमाडौँ धाउनुपर्ने समस्याको अन्त्य भएको छ ।

प्रशासनले सुरुमा हप्ताको छ दिन २५ जनाका दरले सेवाग्राहीलाई सेवा दिने गरे पनि अहिले बढाएर प्रतिदिन ४५ सेवाग्राहीलाई सेवा पुर्‍याइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । उनका अनुसार कार्यालयले दुई पटक पासपोर्ट ल्याएर वितरण गरिसकिएको छ ।

कर्मचारीको अभाव, कर्मचारीमा दक्षता नभएका कारण सुरुमा काम गर्न कठिनाइ हुने भएकाले कम सेवाग्राहीलाई सेवा दिइएको हो । उनले भने, ‘कर्मचारीमा दक्षता अभिवृद्धिसँगै सेवाग्राही सङ्ख्या क्रमिक रुपमा बढाउँदै सेवा प्रवाह गर्न थालिएको छ ।’ कर्मचारीको जनशक्ति बढाएर दुई स्टेशनबाट सेवा दिने योजना बनाइएको उनले बताए ।

ई-पासपोर्ट लागू गर्नुअघि कार्यालयमा दैनिक ७० देखि ८० जनासम्म सेवाग्राही पासपोर्टका लागि सेवा लिन आउने गरेका थिए । जनताले घरबाटै अनलाइनबाट फर्म भरेर प्रशासनमा आएर अन्य सेवा लिन सकुन भन्ने उद्देश्यले अनलाइन प्रणालीको व्यवस्था गरिए पनि सर्वसाधारणमा उक्त पहुँच पुग्न नसकेको सहायक प्रजिअ गैरेले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार