• बिहिबार, असोज १ २०८३

रामचरणको फिल्मको छायांकन नेपालमा हुने


सोमबार, फाल्गुन ९ २०७८
700
Shares

 काठमाडौं। साउथ सुपरस्टार रामचरणको नयाँ चलचित्रको छायांकन नेपालमा हुने भएको छ ।

नाम सार्वजनिक नगरिएको उक्त चलचित्रको छायांकनका लागि अभिनेता रामचरणसहितको टोली यही फेब्रुअरी २८ मा नेपाल आउन लागेको विदेशी चलचित्र छायांकनको व्यवस्थापन गर्ने कम्पनी थ्री ह्विल्स प्रालिका प्रमुख सुरज आचार्यले जानकारी दिए ।

रामचरणसहितको टोली नेपालमा छायांकन स्थल अवलोकन गर्न आउन लागेको हो । चलचित्रको काठमाडौं, मनाङ र मुस्ताङमा गरिने जनाइएको छ ।

चलचित्रको छायांकन भने अप्रिलदेखि गर्ने निर्माणपक्षले जानकारी दिएको आचार्यले बताए ।

तीन–चार महिनाअघि नै नेपालमा रामचरणको चलचित्र छायांकन गरिने भनिएपनि हिउँ परेका कारण रोकिएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार