• बिहिबार, असोज १ २०८३

लमजुङका उच्चपहाडी भेगमा बाक्लो हिमपात, चिसोले जनजीवन प्रभावित


सोमबार, फाल्गुन ९ २०७८
630
Shares

लमजुङ। मौसममा बदली आएसँगै लमजुङका उच्चपहाडी भेगमा बाक्लो हिमपातसहित वर्षा भएको छ । हिमपातले लमजुङका डाँडाकाँडा हिउँले ढाकेर सेताम्मे भएका छन् । 

आइतबार दिउँसोदेखि लमजुङको उच्चपहाडी भेगमा हिमपात भएको हो । लमजुङको क्व्होलासोंथर गाउँपालिका-३ मा रहेको स्मार्टभिलेज घलेगाउँमा आइतबार दिउँसोबाट भारी हिमपात भएको छ ।

घलेगाउँ, पिसहिलसहित मस्र्याङ्दी गाउँपालिकाको हर्सिङडाँडा, सिउरुङ, कालाघिरिङ र त्यसमाथिका लेकसमेत हिउँले ढाकेको छ । यस्तै पूर्वीभेगका दूधपोखरी, बराहपोखरी, मेमेपोखरीलगायतका उच्चपहाडी भेगमा समेत आइतबार दिउँसोदेखि हिमपात भएको छ ।

बाँझाखेतको खाँचे र गाउँभाचोकको बस्तीनजिकैको डाँडामा पनि बाक्लो हिमपात भएको छ । पूर्वी भेगका इलमपोखरी, विचौर र  दूधपोखरी गाउँको उच्चपहाडी चुचुरोहरूमा समेत हिउँ परेको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार