• बिहिबार, असोज १ २०८३

टी-२० विश्वकपः नेपालले आज क्यानडासँग खेल्दै


सोमबार, फाल्गुन ९ २०७८
615
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

काठमाडौं । नेपालले आज समूह चरणको अन्तिम खेल क्यानडासँग खेल्दैछ । ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए अन्तर्गत नेपाल क्यानासँग खेल्ने भएको हो ।

खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली सयम अनुसार अपराह्न ३:४५ बजे सुरु हुनेछ । यसअघि दुई खेल जितिसकेको नेपालले क्यानडालाई पराजित गरेमा समूह विजेता बन्दै सेमिफाइनल पुग्नेछ ।

नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले र फिलिपिन्सलाई १३६ रनले पराजित गरेको थियो । नेपाल ४ अंक जोडेर शीर्ष स्थानमा छ । क्यानडा र ओमान समान २ अंक जोड्दै दोस्रो र तेस्रो स्थानमा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार