• बिहिबार, असोज १ २०८३

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै


सोमबार, फाल्गुन ९ २०७८
565
Shares

गोरखा। आज (सोमबार) अन्तर्राष्ट्रिय मातृभाषा दिवस विविध कार्यक्रम गरी मनाइँदै छ ।

संयुक्त राष्ट्र सङ्घ महासभाले सन् १९९९ मा घोषणा गरेपछि सन् २००० देखि फेब्रुअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो ।

२०६८ को जनगणना अनुसार नेपालमा १ सय २३ वटा भाषा बोलिन्छ । यो सङ्ख्या सम्पूर्ण युरोपमा बोलिने भाषाको सङ्ख्याभन्दा पनि बढी हो । सांस्कृतिक एकताको मुख्य पाटो मानिने भाषाको उचित संरक्षण र संवद्धन हुन नसक्दा नेपालमा बोलिने झण्डै ४० प्रतिशत भाषा सङ्कटमा परेको भाषा आयोगले बताएको छ ।

आदिम समुदायका मातृभाषा विद्यालयको प्रयोगमा नहुँदा र सार्वजनिक जीवनमा समेत प्रयोग नहुँदा यी भाषा सङ्कटमा परेको आयोगको भनाई छ । एक हजार जनाभन्दा कम वक्ता भएका नेपालका ३७ वटा भाषाको संरक्षणमा भाषा आयोगले काम गरिरहेका जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार