नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएकाे छ।
आइतबार प्रहरी प्रधान कार्यालयले गोरखामा कार्यरत एसपी शेखर खनालसहित १८ जना एसपीको सरुवा गरेको हो।
योसँगै ७ जिल्लाका प्रहरी प्रमुख परिवर्तन भएका छन्।
गोरखा प्रहरी प्रमुख एसपी शेखर खनालकाे सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागमा सरुवा भएकाे छ भने गोरखामा नयाँ एसपीका रुपमा केदार खनाल आउने भएका छन् । उनि हेटाैडा स्थित प्रदेश प्रहरी गणमा कार्यत थिए ।


