
गोरखा । प्रहरी जवान घनश्याम ज्ञवाली फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।
हरेक महिना राम्रो काम गर्ने एक जना प्रहरीलाई पुलिस अफ द मन्थ पदबाट सम्मान गर्दै आएको गोरखा प्रहरीले आईतवार ज्ञवालीलाई माघ महिनामा उत्कृष्ठ काम गरेको भन्दै पुरस्कृत गरेको प्रहरी निरीक्षक रामजी देवकोटाले बताए ।

जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत उनले प्रशासन, तालिम तथा सुचना प्रविधि शाखामा रहेर आफुलाई तोकिएको जिम्मेवारी उच्च अनुशासनमा रही पूरा गरेको भन्दै उनलाई प्रहरी उपरीक्षक शेखर खनालले पुरस्कृत गरेका हुन् ।