• बिहिबार, असोज १ २०८३

२०७९ सालको शैक्षिकसत्र जेठबाट सुरु हुने


आइतबार, फाल्गुन ८ २०७८
575
Shares

आगामी २०७९ सालको शैक्षिक सत्र जेठ १ गतेबाट सुरु गर्ने निर्णय भएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र जेठबाट सुरु गर्ने निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता दिपक शर्माले आगामी १ गतेबाट २०७९ सालको नयाँ शैक्षिक सत्र सुरु गर्ने र सोही वर्षको चैत मसान्तसम्ममा शैक्षिक सत्र सक्ने निर्णय भएको जानकारी दिए ।

मन्त्रालयले आगामी वैशाख महिनामा कक्षा १ देखि १० सम्मका सबै तहका परीक्षा सक्नुपर्ने, नतिजा प्रकाशन पनि वैशाखमा गर्ने, आगामी शैक्षिक सत्रका लागि नयाँ विद्यार्थी भर्ना पनि वैशाखमा गर्ने र पाठ्यपुस्तकको व्यवस्थापन पनि वैशाखमा सक्ने निर्णय भएको छ। उनले स्थानीय तहले आफ्नो अनुकूलअनुसार कक्षा ८ को परीक्षा वैशाखमा नै सक्नुपर्ने निर्णय भएको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार