• बिहिबार, असोज १ २०८३

फिल्म ‘हनिमुन’ सार्वजनिक, यस्तो छ सन्देश


आइतबार, फाल्गुन ८ २०७८
895
Shares

रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको सर्ट फिल्म ‘हनिमुन’ सार्वजनिक गरिएको छ । फिल्ममा विवाहपछि श्रीमान् र श्रीमतीको हनिमुनको दिन एउटा सानो कारणले पनि ठुलो झगडाको रुप लिनसक्छ भन्ने सन्देश दिन खोजेको छ ।

एउटा केटाकेटीले विवाहका लागि राजी हुनुअगाडि त्यसको विगतलाई पनि स्वीकार्नुपर्छ, हैनभने त्यसले विवाहित जीवनमा ठुलो असर पार्नसक्ने सन्देश दिन खोजेको छ । फिल्म एकदमै राम्रो बनेको छ । करिब १७ मिनेटको फिल्म एउटा पूर्ण फिल्म हेरे झै अनुभूति हुन्छ ।फिल्ममा विशाल कटवाल र प्रतिभा केसीको अभिनय देख्न सकिन्छ ।

निर्देशक ज्ञवालीले आफ्नो जन्मदिनको अवसर पारेर फिल्म ‘हनिमुन’ सार्वजनिक गरेका हुन् । उनले यसअघि ’डार्क मुन’, ‘एक लभर’, ‘लक डाउन’ लगायत एक दर्जन सर्ट फिल्म निर्माण गरिसकेकाछन् ।‘हनिमुन’ विजय अर्यालको आवाज, विशाल निरौलाको म्युजिक, योगेश गाजीको व्याकग्राउण्ड म्युजिक तथा मिक्सिङ, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।

फिल्म संकल्प भुजेलले खिचेका हुन् । राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक फिल्म काठमाडौंका नक्सालमा रहेको लिसरा रिसेप्सनमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो । जसलाई हेर्दै सबैले राम्रो प्रतिक्रिया दिएका थिए ।

https://youtu.be/U5dOupozplM

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार