
यो साता सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता सुनको मूल्य तोलामा २५ सय बढेको बताएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ थियो । यस्तै, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ थियो । यो साता पहिलो कारोबार दिन आइतबारदेखि नै सुनको मूल्य बढ्न थालेको थियो । आइतबार तोलामा १५ सय रुपैयाँले बढेर ९५ हजार ५०० रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार स्थिर थियो ।
यस्तै, मंगलबार तोलामा १२ सय रुपैयाँले बढेको थियो । बुधबार तोलामा १६ सयले घटेको थियो भने बिहीबार फेरी १००० रुपैयाँले उकालो लागेको थियो । यस्तै, शुक्रबार ४०० ले बढ्दै प्रतितोला ९६ हजार ५०० रुपैयाँ कायम भएको हो । यस्तै, यो साता चाँदीको मूल्य पनि बढेको छ ।
गत साताको शुक्रबारको तुलनामा प्रतितोला २५ रुपैयाँले चाँदीको भाउ उकालो लागेको हो । गत सातको शुक्रबार प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी यो साताको शुक्रबार १३ सय ५ रुपैयाँ कायम छ ।

