• बिहिबार, असोज १ २०८३

शहिदलखन गाँउपालिका केन्द्र घैरुङमा प्रहरी चौकी स्थापना


आइतबार, फाल्गुन ८ २०७८
825
Shares

गोरखा। शहिदलखन गाँउपालिका वडा नम्वर ६ घैरुङमा प्रहरी चौकी स्थापना गरिएको छ । गाँउपालिकाका अध्यक्ष रमेश बावु थापा मगरको सभापतित्वमा सनिवार एक कार्यक्रमका बीच प्रहरी चौकीको उद्घाटन गरिएको हो । अध्यक्ष थापा मगरले समाजमा शान्ति, सुशासन र अमनचयन कायम गरी विकृति विसंगतिलाई कमी गर्न प्रहरी चौकी स्थापना गरिएको बताए ।

अध्यक्ष थापाका अनुसार मन्त्रिपरिषदको २०७६ असोज ७ गतेको निर्णय र गाउँपालिकाको २०७८ साउन २० गतेको निर्णय अनुसार गाउँपालिका केन्द्र घैरुङमा प्रहरी चौकी स्थापना गरिएको हो । प्रहरी चौकी हाल भाडाको घरमा स्थापना गरिएको अध्यक्ष थापा मगरले बताए ।

मासिक भाडा गाउँपालिका व्यवस्थापन गर्ने र नयाँ भवनका लागि जग्गा प्राप्तीको प्रक्रियमा रहेको उनले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले प्रहरी चौकी स्थापना भएसँगै विना भेदभाव नेपाल प्रहरीले सेवा प्रवाह गर्नुपर्ने र चुनावको घोषणा भएकाले जोखिम सम्भावित क्षेत्रको पहिचान गर्नुपर्ने बताए ।

कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले नागरिकको सही सूचना नै प्रहरीको लागि प्रमुख हतिहार भएको र कानूनको उल्लंघन गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन नेपाल प्रहरी लागि पर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा जिल्लाका उप अनुसन्धान निर्देशक सुदिप अधिकारी, सशस्त्र प्रहरी निरिक्षक भाष्कर बस्नेत, शहिदलखन गा.पा. वडा नं. ५ र ६ का वडा अध्यक्षहरु र स्थानिय राजनितिक दलका प्रतिनिधिहरु लगायत स्थानियको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार