• बिहिबार, असोज १ २०८३

उपत्यकाव्यापी सडक दौड भोलि हुँदै


शुक्रबार, फाल्गुन ६ २०७८
2.6K
Shares

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा उपत्यकाव्यापी सडक दौड प्रतियोगिता शनिबार हुने भएको  छ ।

७२ औं प्रजातन्त्र दिवसका अवसरमा राखेपले दौड आयोजना गर्न लागेको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकिय अधिकृत मिनकुमार शर्माले जनाएका छन् । छात्रतर्फ ५ किलोमिटर तथा छात्रामा ३ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने छ ।

काठमाडौंबाट १ सय, ललितपुरबाट ७५ र भक्तपुरबाट ५० गरी जम्मा २ सय २५ प्रतिस्पर्धी सहभागी हुने शर्माले जानकारी गराए । छात्र-छात्रा दुवैमा शीर्ष पाँच स्थानमा आउने खेलाडीले नगद पुरस्कार पाउने छन् ।

छात्र-छात्रामा पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार, तेश्रोले ५ हजार, चौथोले ४ हजार र पाँचौंले ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः दशरथ रंगशालामै आएर टुंगिने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार