• बिहिबार, असोज १ २०८३

माओवादी केन्द्रका भ्रातृ संस्थाले एमसीसीविरुद्ध आज पनि प्रदर्शन गर्दै


शुक्रबार, फाल्गुन ६ २०७८
845
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का भ्रातृ संस्थाले एमसीसीविरुद्ध आज पनि काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

शुक्रबार मध्यान्ह १२ बजे माओवादी केन्द्रका भ्रातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) र अनेरास्ववियु (क्रान्तिकारी)ले नयाँ बानेश्वरमा प्रदर्शन गर्ने लागेका हुन् ।वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले एमसिसीविरुद्ध आज १२ बजे नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडि प्रदर्शन गरिने बताए ।

आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउन सत्ताको नेतृत्वकर्ता काँग्रेसले जोड गरिरहेका बेला माओवादी केन्द्रका भ्रातृ संस्था आन्दोलनमा उत्रिएका छन् । सत्ता गठबन्धनमा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी टेबल गराउन नहुने अडान दिएको छ । बुधबार बसेको माओवादी संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी टेबल गरिए सरकार छोड्ने निर्णय गरेको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार