• बिहिबार, असोज १ २०८३

सातौं गोरखकाली कप फुटबल स्थगित, यस्ताे छ कारण !


बिहिबार, फाल्गुन ५ २०७८
1.2K
Shares

गोरखा । आगामी फागुन ७ गतेबाट सुरु हुने भनिएको गोरखकाली कप फुटबलको मिति नजिकिदै गर्दा पनि तयारी सुरु भएको छैन । कोरोना महामारीका कारण जिल्ला प्रशासन कार्यालय रङशालामा हुने सम्पूर्ण खेलकुद सम्बन्धी गतिबिधी माथि प्रतिबन्ध लगाएपछि प्रतियोगिता अनिश्चित भएको हो ।

‘प्रशासनले पनि अहिले नगर्नु भनेको छ । नगरपालिकाले पनि पनि त्यसै भएको छ,’ आयोजक हरमटारी क्वलका अध्यक्ष बिशाल गुरुङले भने,‘अब निर्धारित समयमा गेम हुन अबस्था लगभग सकिएको छ ।’

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको उक्त फुटबल प्रतियोगिताको सातौं सस्करण फागुन ७ गतेबाट १४ गतेसम्म गर्ने निर्णय भएको थियो । कोरोना कारण गत दुई वर्ष पनि प्रतियोगिता भएको थिएन । अब यस वर्ष पनि हुने नहुने अझै अन्यौल छ ।

‘कोरोना पनि अब कम भएको छ । यस वर्ष हामी गेम गर्छौ,’ अध्यक्ष गुरुङले भने, ‘तर केही ढिलो हुन भने सक्छ ।’ केही दिन भित्र क्वलको बैठक बसि त्यसबारेमा निर्णय लिइने उनले बताए । बैठकले नयाँ मिति र खेल तालिका सार्वजानिक गर्ने उनको भनाई छ ।

गत पुस ६ गते मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक प्रतियोगिताको घोषणा गरेको थियो । १६ टिमले सहभागिता जनाउने उक्त प्रतियोगितामा राष्टिूय स्तर, बिदेशी र स्थानीय खेलाडीको संयोजन रहने आयोजक दाबी छ । यसपटक पुरस्कार राशी बढाइएको छ ।

उक्त प्रतियोगिताको बिजेता टोलीले नगद २ लाख २२ हजार २२२ रुपैयाँ पुरस्कार पाउने छ । उपविजेताको लागि १ लाख ११ हजार १११ र सेमिफाइनलमा पुग्ने दुई समूहलाई प्रतिटिम ५५ हजार ५५५ रुपैयाँ पुरस्कार स्वरुप उपलब्ध गराइने आयोजक जनाकारी दिएको छ ।

यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, सर्वोत्कृष्ट अग्रपक्ति, मध्येपंक्ति, रक्षक, गोलरक्षक र गोलकर्ताले जनही ७ हजार ५०० पुरस्कार पाउने छन् ।

खेलकुद मैदान हरमटारीमा हुने प्रतियोगिताका लागि २५ लाख भन्दा बढि खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । राष्टिूय खेलकुद परिषद्, जिल्ला समन्वय समिति, जिल्ला खेलकुद बिकास समिति, जिल्ला फुटबल संघ, जिल्लाका ११ वटै स्थानीय तह लगायत विभिन्न व्यपारिक संघसस्थाहरुको सहयोगमा प्रतियोगिता सम्पन्न गर्न आवश्यक रकम संकलन गर्ने अध्यक्ष गुरुङले बताए ।

वर्षेनी खेलमैदान सम्बन्धि समस्याका कारण प्रतियोगिता प्रभावित भएको क्वलको गुनासो छ । यस वर्ष पनि चेम्बरको मेलाले गर्दा समयमा प्रतियोगिता गर्न नसकिएको उनले बताए ।

खेलमैदान खेल्नका लागि बनाइएको भन्दै त्यहाँ मेला महोत्सवहरु नगर्न क्वल आग्रह गरेको छ । रङशाला र खेल क्षेत्रका बारेमा पनि सोचिदिन खेलप्रेमीहरुले सरोकारवालाहरुलाई अनुरोध गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार