पत्रकार सुदीप कैनीलाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिएकाे छ । शिक्षा पत्रकार समूहले २२ औं स्थापना दिवस तथा ११ औं अधिवेशनको अवसरमा बिहीबार ‘शिक्षा पत्रकारिता पुरस्कार–२०७८’बाट कैनीलाई पुरस्कृत गरेको हाे ।



गोरखा नगरपालिका १३ स्थायी घर भएका उनि कान्तिपुर दैनिकमा कार्यरत छन् । पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रको सुधारमा योगदान गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कैनीलाई पुरस्कार प्रदान गरेका हुन् ।
उनलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । समूहले दुई/दुई वर्षमा तीर्थराज भुसाल स्मृति शिक्षा पत्रकारिता पुरस्कार वितरण गर्ने गर्छ ।