• बिहिबार, असोज १ २०८३

सार्वजनिक भयो पूजा र पुष्पको ‘अन्तिम इच्छा’ (भिडियो)


बिहिबार, फाल्गुन ५ २०७८
630
Shares

काठमाडौं। सुन्दर भविष्यको कल्पनामा रमाइरहेको युवा एक्कासी दुर्घटनामा पर्दा उसको मन कस्तो हुन्छ होला? यस्तै जीवनमा आइपर्ने दुखद परिस्थितिलाई समेटेर ‘अन्तिम इच्छा’  बोलको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ।  

भिडियोमा पूजा शर्मा र पुष्प खड्कालाई प्रेमिल जोडीको रुपमा प्रस्तुत गरिएको छ। यस गीतमा किरण पुन्ज स्वर रहेको छ भने  राजेन्द्र वाइबाको शब्द, संगीत र संगीत संयोजन रहेको छ।  बुद्ध थापाले छायाँकन गरेको यस भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ।

निकेश खड्काको निर्देशनमा तयार पारिएको यस भिडियोलाई ‘ओएसआर डिजिटल’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।  गायक पुन्ज शास्त्रीय गायनका प्रशिक्षकका रुपमा कार्यरत छन्। २०५८ साल देखि आफ्नो संगीत यात्रा सुरु गरेका गायक पुन्जले २०६६ सालमा ‘किरण’ नामक एल्बम  प्रकाशित गरेका थिए। 

https://youtu.be/vTutmtfE8Eg

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार