• बिहिबार, असोज १ २०८३

चितवन राष्ट्रिय निकुञ्जमा बाघले मार्‍याे दुई गैंडा


बिहिबार, फाल्गुन ५ २०७८
645
Shares

चितवन राष्ट्रिय निकुञ्जको सिसुवार मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट दुई गैँडा मरेका छन्।

एउटा माउ र बच्चा गैँडा बाघले मारेकाे हाे। ​निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा बुधबार मृतावस्थामा फेला परेका हुन्।

बच्चा र माउको शरीरमा चिथोरिएका घाउ देखिएकाले बाघको आक्रमणमा परी मरेको आशङ्का गरिएको उनले बताए।  माउलाई भालेले आक्रमण गरेको हुनसक्ने आचार्यको भनाइ छ। ती गैँडाका खाग र खुर सुरक्षित छन्।

चालु आर्थिक वर्षमा २७ गैँडा मरेका छन्, जसमध्ये दुईवटा चोरीशिकारीको आशङ्का गरिएको छ भने अन्य प्राकृतिक र मानवीय त्रुटिका कारणले मरेका हुन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार