• बिहिबार, असोज १ २०८३

साफ यू–१९ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भारतसँग खेल्ने


बुधबार, फाल्गुन ४ २०७८
1.2K
Shares

साफ यू–१९ महिला च्याम्पियसिपको उद्घाटन खेलमा नेपालले आयोजक भारतको सामना गर्ने भएको छ। 

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आगामी चैतमा भारतमा हुने साफ यू–१९ को खेल तालिका सार्वजनिक गरेको हो। डबल राउण्ड लिगपछि शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन्। च्याम्पिनयसिपमा आयोजक भारतसहित नेपाल र बंगलादेशले स्पर्धा गर्ने तालिका छ।

सहभागी ३ टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन्। उद्घाटन खेलमा नेपालले घरेलु टोली भारतसँग चैत १ गते खेल्दै च्याम्पिनयसिपको सुरुवात गर्नेछ। दोस्रो खेलमा नेपालले बंगलादेशसँग चैत ३ गते खेल्नेछ। चैत ७ गते भारत र ९ गते बंगलादेशसँग खेल्ने तालिका छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार