• मंगलबार, साउन १२ २०८३

थप ६८० जनामा कोरोना संक्रमण, १ हजार ८३५ जना संक्रमणमुक्त


मंगलबार, फाल्गुन ३ २०७८
620
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ६८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

कुल ७ हजार ९५ जनामा कोरोना परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो समय कोरोना संक्रमित हुने भन्दा निको हुने दर बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १ हजार ८३५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर सक्रिय संक्रमित २० हजार भन्दा कम रहेका छन् । अर्थात मंगलबार देशभर १९ हजार ४०० जना सक्रिय संक्रमित रहेका छन् । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार