• बिहिबार, असोज १ २०८३

अनाथ बालबालिकालाई मिसेस नेपाल उर्मिलाको सहयोग


मंगलबार, फाल्गुन ३ २०७८
1.6K
Shares

‘मिसेस नेपाल ग्लाम–२०२१’ विजेता उर्मिला कार्कीले यसपटकको प्रणय दिवस तथा आफ्नो जन्मदिन अनाथ बालबालिकाको सेवा गरेर मनाएकी छन्।

काठमाडौंको मुलपानी फुयाँल गाउँमा रहेको ‘स्नेह बाल आश्रम’मा उनले प्रणय दिवस तथा जन्म दिन मनाएकी हुन्। हास्य कलाकार सुलेमान शँकर ‘इकु’ले सञ्चालन गरेको सो आश्रममा आश्रित १४ जना बालबालिकालाई उर्मिलाले खाना खुवाइन्। विगतमा साथीहरुलाई पार्टी दिएर जन्मदिन मनाउने उर्मिलाले अबका दिनमा सामाजिक कार्य गर्दै जन्मदिन मनाउने बताएकी छन्।

आफ्नो जन्म दिनको अवसरमा उनले सो आश्रमका दुई जना बालबालिकालाई कक्षा १० सम्मका लागि खर्च व्यहोरेर पढाउने गरी अध्ययन खर्चको जिम्मा लिएकी छन्। यो उपाधि जित्दा आफूले सामाजिक कार्य गर्ने प्रतिबद्धता जनाएकाले सो कार्यलाई अघि बढाएको उर्मिलाले बताइन्। 

‘यहाँ आश्रित १४ जना बालबालिकालाई सुलेमानले आफ्नै खर्चले पढाउनु भएको रहेछ। उहाँलाई केही सजिलो होस् भनेर दुई जना बालबालिकालाई पढाउनको लागि आवस्यक खर्च मैले सहयोग गर्ने भएको छु’ उनले भनिन्, ‘अब मेरो साथीहरुलाई विभिन्न शुभकामको खुसी यहाँका बालबालिकासँग साट्नको र उनीहरुलाई सहयोग गर्न पनि आजैबाट अपिल गर्नेछु।’

प्रणय दिवस तथा जन्म उत्सवमा साथीहरुसँग खाएर रमाइलो गर्दा ठूलै पैसा खर्च हुने हुँदा सो पैसाले सामाजिक कार्य गर्नु राम्रो हो भन्ने उदेश्यले आफू सो बालआश्रम पुगेको उनले बताइन्।

आफूहरुले यो पटकको प्रणय दिवस बालिबालिकासँग रमाईलो गरेर मनाउँदा साह्रै खुसी लागेको पनि उर्मिलाले बताइन्। बालबालिकासँग जन्म दिन तथा प्रणय दिवस मनाउँदै गर्दा उर्मिलाले त्यहाँका अरु बालबालिकालाई पनि पढ्न सहयोग मिलोस् भनेर सुलेमानलाई केही रकम पनि प्रदान गरिन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार