• बिहिबार, असोज १ २०८३

आज पनि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


मंगलबार, फाल्गुन ३ २०७८
500
Shares

सुनको मूल्य ह्वात्तै बढेको छ। एकै दिन सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको हो। 

सोमबार प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९६ हजार ७ सय रुपैयाँ कायम भएको हो। 

त्यस्तै तेजावी सुन भने प्रतितोला ९६ हजार २ सय रुपैयाँ कायम भएको छ।

 चाँदीको मूल्यमा समेत वृद्धि भएको छ। सोमबार प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएकोमा आज १३३० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार