• बिहिबार, असोज १ २०८३

तीन जना चढेको मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु


मंगलबार, फाल्गुन ३ २०७८
485
Shares

बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा  २ युवाको  जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

तीन जना चढेको लु ६० ३६५२ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा बिहान  अनियन्त्रित भएर पल्टिँदा सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मोटरसाइकलमा पछाडि सवार  रुपन्देहीका गैडहवा गाउँपालिका ९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीकै २१ वर्षीय विमल रानाको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार