• मंगलबार, साउन १२ २०८३

नेपालमा ७४७ जना कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु


सोमबार, फाल्गुन २ २०७८
535
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २३१९ जना निको हुँदा ८ जनाले भने ज्यान गुमाएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६९६ जनामा नमुना परीक्षण भएको थियो । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ९३ हजार ५४१ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३७ हजार ६७७ जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ९ लाख ४० हजार ९०२ जना निको भएका छन् । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार