• बिहिबार, असोज १ २०८३

कास्कीमा साढे ४ वर्षभित्र ५७ हजार भन्दा बढी मतदाता थपिए


सोमबार, फाल्गुन २ २०७८
630
Shares

कास्कीभित्र पछिल्लो साढे चार वर्षमा ५७ हजारभन्दा बढी मतदाता थपिएका छन् । २०७४ को स्थानीय निर्वाचनपछि गत २४ माघसम्म ५७ हजार १२९ मतदाता थप भएका छन् ।

२०७४ सालमै भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि भने २६ हजार ४ सय ८८ मतदाता थपिएका छन् ।

योसँगै कास्कीमा अब दुई लाख ८१ हजार ९४० मतदाता कायम भएका छन् । सबैभन्दा धेरै पोखरा महानगरपालिकामा ३९ हजार ६३८ मतदाता थप भएका छन् भने सबैभन्दा कम रुपामा तीन हजार ३२९ जना थप भए ।

यस्तै, माछापुच्छ्रेमा चार हजार १६७, मादीमा पाँच हजार २०० र अन्नपूर्णमा चार हजार ७९५ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।  थपिएका मतदाता माथी दावी विरोधको समय अझै बाँकी रहेको कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार