• बिहिबार, असोज १ २०८३

थप ५४ चिनियाँ एप प्रतिबन्ध गर्दै भारत


सोमबार, फाल्गुन २ २०७८
620
Shares

भारतको गृह मन्त्रालयले थप ५४ चिनियाँ एपलाई प्रतिबन्ध गर्न प्रस्ताव गरेको छ। 

देशको सुरक्षामा खतरा हुन सक्ने भन्दै सोमबार ५४ वटा चिनियाँ एपलाई प्रतिबन्ध लगाउन सिफारिस भएको सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

‘यी ५४ एपहरूले प्रयोगकर्ताको संवेदनशील डाटा लिएको आरोप छ। यी एपले रियल टाइम डाटा लिएर दुरूपयोग गरी विपक्षी राष्ट्रलाई पठाउँछ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनेको छ।

गेमिङ एप फ्रि-फायर, भिभा भिडिओ इडिटर, स्विट सेल्फी एचडी, ब्युटी क्यामेरा, सेल्फी क्यामेरा, इक्वलाइजर, बास बुस्टर, क्यामकार्डलगायत एपहरू प्रतिबन्ध लगाउन लागेको हो।

गत जुनमा पनि भारतले ५९ चिनियाँ एप प्रतिबन्ध लगाएको थियो।

जसमा टिकटक, विच्याट र हेलो भन्ने चर्चित एप समेत छन्। राष्ट्रिय अखण्डता र सुरक्षामा खतरा भएको भन्दै ती एपलाई भारतमा प्रतिबन्ध गरिएको थियो।

सन् २०२० मेमा चीनसँग भएको सीमा विवाद यता भारतले ३२१ वटा एपलाई प्रतिबन्ध लगाएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार