• बिहिबार, असोज १ २०८३

डमरूको डन्डीबियो युट्युबमा सार्वजनिक


सोमबार, फाल्गुन २ २०७८
1.8K
Shares

नेपाली चलचित्र ‘डमरूको डन्डीबियो’ युट्युबमा सार्वजनिक भएको छ। नायक तथा लेखक खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको चलचित्रमा अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ आदिको मुख्य भूमिका छ।

चलचित्रमा नेपाली गाँउघरमा खेलिने डन्डीबियो खेलको माध्यमबाट समाजमा रहेको आर्थिक अवस्था र पारिवारिक सम्बन्धको बारेमा देखाउन खोजिएको छ।

यो एक स्पोर्टस् ड्रामा हो। चलचित्रमा खगेन्द्र लामिछाने डमरूको भूमिका छन् जो आफ्नो अध्ययन सकेर डन्डीबियो खेलमा केही गर्न चाहन्छन्।

उनको बाबुको भूमिकामा रहेका अनुप बराल पनि पहिला यही खेलको प्रचार गर्न चाहन्थे तर उनको आर्थिक अवस्थाले असफल हुन्छन्।

बाबुको छोरालाई खेलको चक्करमा नलाग्न दिएको सल्लाह र छोराको जबरजस्ती बीचको कथा यस चलचित्रमा छ। चेतन गुरूङले निर्देशन गरेको चलचित्रको निर्माण विनोद गुरूङ गर नोर्बु छिरिङ घलेले गरेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार