
गोरखा। गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं ७, बिरुवाटारमा ग्लोबल आइएमई बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो। यो बैंकको ४९ औं एक्सटेन्सन काउन्टर हो।
यसको उद्घाटन पालुङ्गटार नगरपालिकाका मेयर दिपकबाबु कँडेलले गरेका छन्। ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २७ लाखभन्दा बढि ग्राहकहरूलाई सेवा प्रदान गर्दैछ।

बैंकले देशभर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटिएम, २७४ शाखारहित बैंकिङ सेवा, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८५० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकलाई सेवा पुर्याइरहेको छ।

