• बिहिबार, असोज १ २०८३

हिउँ खेल्न गएका गोरखा बारपाकका २ किशाेर ११ दिनपछि मृत भेटिए


आइतबार, फाल्गुन १ २०७८
840
Shares

गोरखा । ११ दिनअघि हिउँ खेल्न घरबाट निस्केका गोरखा बारपाक गाउँका दुई किशोरहरु आइतबार मृत भेटिएका छन् ।

११ दिनदेखि हराइरहेका १६ वर्षका करण घले र १६ वर्षकै साहिँला घले आज आइतबार बेलुका ५ बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

स्थानीयबासी र प्रहरीको संयुक्त टोलीले एक हप्तादेखि खोजी गर्दा बारपाक गाउँ भन्दा पर भुनेखर्क भन्ने ठाउँमा फेला उनिहरुको शव हिउँले पुरिएको अवस्थामा फेला परेको उनले बताए ।

बाटोबाट करिब एकसय फिट तल खसेको अबस्थामा दुवै जनाको शव फेला परेको हो । गत माघ २० गते हिउँ खेल्न गएका उनीहरु त्यसयता बेपत्ता थिए ।

उनीहरुको खोजीमा दैनिक प्रत्येक घरबाट एकजनाका दरले सयौँ जना सक्रिय थिए । उनिहरु हराएको भन्दै परिवारले गत माघ २३ गते प्रहरीलाई खोजीदिन आग्रह गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार