• बिहिबार, असोज १ २०८३

अनमोल र सुहाना अभिनित फिल्म ‘ए मेरो हजुर–४’ को गीत सार्वजनिक (भिडिओ)


आइतबार, फाल्गुन १ २०७८
1.6K
Shares

अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर–४’ आगामी वैशाख १ गते रिजिल हुँदै छ। त्यसको एउटा गीत भने शुक्रबार सार्वजनिक गरिएको छ।  

‘फूलको थुंगा’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो। जुन गीतमा अस्मिता अधिकारी र सुगम पोखरेलको स्वर छ। गीतको भिडिओमा अनमोल र सुहानाले मायाप्रेम साटेका छन्।  

झरना थापा र श्रीकृष्ण श्रेष्ठ अभिनित ‘ए मेरो हजुर’ फिल्मको ‘फूलको थुंगा हौ कि’ भन्ने गीतबाट यसको हुक लाइन साभार गरिएको हो। उदितनारायण झा र दीपानारायण झाले गाएको उक्त गीत त्यसबेला निकै चर्चित भएकाे थियाे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार