
गोरखा । साताै ओसन कप फुटबलकाे उपाधी गोरखा नगरपालिका ९ काे महालक्ष्मी माध्यामिक विधालयले जितेकाे छ । ६ हप्ताअघि सुरु भएकाे फुटबल प्रतियाेगिताकाे फाइनलमा रानीवनकाे द ओल्ड क्यापिटल माध्यामिक बिधालयलाई हराउँदै महालक्ष्मीले उपाधी चुमेकाे हाे ।

शनिबार भएकाे फाइनल खेलमा ४-२ गोलअन्तरले हराउदै महालक्ष्मीले ट्रफिसंगै मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । गोरखा नगरपालिका भित्रका विधालयमा अध्ययनरत १३ बर्षमुनीका खेलाडीहरुवीच भएकाे प्रतिस्पर्धामा १५ टिमकाे सहभागिता रहेकाे थियाे । प्रतियाेगितामा दाेस्राे भएकाे ओल्ड क्यापिटलले समेत ट्रफि, मेडलसहित प्रमाणपत्र प्राप्त गरेकाे छ ।


गोरखा नगरपालिकाकाे सहयाेगमा भएकाे प्रतियाेगिता ६ हप्तासम्म चलेकाे आयाेजक द ओसन क्लबका अध्यक्ष अमित खत्रीले बताए । प्रतियाेगिताकाे समापन कार्यक्रममा बाेल्दै नगरप्रमुख राजनराज पन्तले खेलकुद विकासमा नगरपालिकाले सुरुवाती वर्षबाटै लगानी गर्दै आएकाे बताए ।

खेलाडी उत्पादनसंगै खेलमैदान र खेलकुदसंग सम्बन्धित बिभिन्न संरचना निर्माणका लागि १४ वटै वडामा प्राथमिकताका साथ नगरपालिकाले बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएकाे जानकारी दिदै उनले आगामी दिनमा गोरखा नगरपालिकालाई खेलकुद हव बनाउने र दक्ष खेलाडी उत्पादनका लागि बिभिन्न कार्यक्रम आयाेजना गर्ने याेजना रहेकाे समेत बताए ।



कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष कुल बहादुर कुवँर लगायतले समेत बाेलेका थिए । प्रतियाेगिताकाे फाइनलमा सहभागी दुवै टिमलाई दाेस्राे चरणकाे प्रतियाेगितामा समेत सहभागी गराइने अध्यक्ष खत्रीले बताए ।
दोस्रो चरणको फुटबल प्रतियोगिता चैत्रबाट सुरु हुने उनले बताए । पहिलो चरणका विजेता र उपविजेता दुई टिम, पोखरा, तनहुँ, स्याङ्जा, पोखरा, चितवनबाट एक/एक टिम, काठमाडौको ४ टिम र आयोजकको तर्फबाट एक टिम सहभागी हुन्छन् ।

प्रतियोगितामा विजेता, उपविजेता टिमले नगद, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको क्लवले जनाएको छ ।


